जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार ०८:११

अर्जुननरसिंहको प्रश्नः सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?


काठमाडौं, २६ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन ।

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आउनु भएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरेपछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गर्नुभएको छ ।

‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो, त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘संसदमा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा तातेको हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’