काठमाडौं, साउन २६ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ। आजको बैठकमा पनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका हुन। बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिनुभएको थियो ।
शाह बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाए । एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै अवरोध गरेका थिए ।
एमाले सांस्दहरुले रोष्टम घेराउ गरी नारावाजी जारी राखेपछि सभामुख घिमिरेले साउन २९ गते १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्