काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले सांसद सुनिल शर्मामाथि प्रतिसोध साँधेर धरपकड गरेको बताउनु भएको छ ।प्रतिनिधिसभाको आजको बैठकपछि सांसद भण्डारीले यस्तो बताउनु भएको हो ।
उहाँले सांसद शर्मालाई पक्राउ गरेर हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको जिकिर पनि बताउनु भयो । ‘अदालतले सर्टिफिकेट खारेज गर्ने हो, थुन्नैपर्छ भन्ने थिएन । प्रतिशोधमा राज्यले अनावश्यक धरपकड गर्नपर्ने थिएन । जसको शक्ति, उसको भक्ति भन्ने हुँदैन । यदि शक्ति भएकाले हतियार उठाए भने नेपालको के हालत हुन्छ ?’ भण्डारीको प्रश्न थियो ।
उहाँले विगतमा प्रहरीले अनुसन्धान गरेर टुंगोमा पुर्याइसकेको विषयमा सरकारले फेरि प्रतिसोध राखेर हात हाल्ने काम गरेको आरोप पनि लगाउनु भयो । ‘विदेशमा भागेर जानेलाई सरकारले रोक्दैन । अरु दर्जनौँ काम छन, त्यहाँ चासो छैन । जसले नेपालमा बसिरहेका छन्, काम गरिरहेका छन् । उनीहरूलाई आवश्यक पर्यो भने जति बेला पनि पक्राउ गर्न, थुन्न सकिन्छ भने तिनलाई किन समातेर हिरासतमा राख्नुको अर्थ के हो ? यदि अदालतले दोषी ठहर्छ भने त्यो एउटा कुरा हो । तर अदालतले गर्ने त्यस्तो केही छ जस्तो लाग्दैन,’ भण्डारीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्