जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १५:३०

सुन तस्करीमा आरोपित ब्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ


काठमाडौं, साउन २६ । सय किलो सुन प्रकरणमा व्यापारी राकेश कुमार अडुकियाका छोरा रोहनकुमार पक्राउ परेका छन ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार भारतबाट नेपाल आउँदै गर्दा रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

पक्राउ परेका रोहनलाई अध्यागमन विभागले राजस्व अनुसन्धान विभागमा बुझाएको छ। राकेश तस्करीमा संलग्नताको समाचार बाहिरिएलगत्तैबाट फरार छन ।