काठमाडौं, साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई उजुरी गर्न लगाउँदै सांसददेखि बिरोध गर्नै सवैलाई पक्राउ गर्न थालिए कोही बाँकी नरहने बताउनु भएको छ ।
सुन तस्करी प्रकरणबारे पार्टीको धारणा सार्वजनिक गर्न केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पनि सरकारले आफ्नै कार्यकर्तालाई उजुरी गर्न लगाएर पक्राउ गरेको बताउनु भयो ।
सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सुनिल शर्मालाई पक्राउ गरेको ओलीको भनाई थियो । ‘सुनिल शर्माको सर्टिफिकेटको बारेमा नजाँच भनेका छैनौं। तर यतिबेला सर्टिफिकेट जाँच गर्नुपर्यो। यसको छानबिन गर्नुपर्यो, जतिबेला उनले मन्त्रीको राजीनामाको कुरा उठाए, एउटा कार्यकर्तालाई उजुरी हाल्न लगाउँदै मान्छै समात्दै जाने हो भने त कोही पनि बाँकी रहँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई जानकारी दिनुपर्नेमा सरकारले त्यति पनि नगरेको बताउनु भयो। ‘सांसदलाई त यस्तो गर्न सक्छ भने सरकारले के गर्न सक्दैन भनेर तर्साउन खोजियो,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्