काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा र आफूलाई पक्राउ गरिएको बिषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान राख्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शर्माले यस्तो घोषणा गर्नुभएको हो । शर्माले सुन तस्करीको बिषयमा राजीनामा माग्दा आफूलाई झुटो मुद्धा लगाएर बिनापुर्जी पक्राउ गर्ने काम भएको भन्दै कडा आक्रोश पोख्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुन तस्करीमा जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ भन्दा पुलिस लगाएर पक्राउ गर्ने काम ज्याद्धतीको हद हो, यस्तो आतंककारी प्रधानमन्त्री र गृहमन्त्री एक मिनेट पनि पदमा बस्ने छुट छैन ।’ उहाँले प्रधानमन्त्री र गृहमन्त्री आतंककारी शैलीमा अघि बढेको भन्दै आक्रोश पोख्नुभयो ।
‘यति धेरै तस्करी गर्ने र यति धेरै ज्याद्धती गर्ने काम गर्नेहरु पदमा रहिरहन मिल्दैन, गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीबाट माफी मागिएन भने म आमरण अनशन डिक्लियर गर्छु’ शर्माले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्