जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १९:२८

सिनामंगलमा बरामद एक क्विन्टल सुन ६० केजी ७८९ ग्राम मात्रै, अझै तौल घट्न सक्ने आशंका


काठमाडौं, साउन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल भनिएको सुन ब्रेक सूबाट बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा ब्रेक सूबाट निकालेर तौल आएको गर्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताउनु भयो ।

‘ब्रेक सूबाट निकालिएको सुनको तैल ६० केजी ७८९ ग्राम भएको छ । यो सुनमा केही कालो पदार्थ पनि छ । असली तौल अब गालेपछि आउँछ,’ आचार्यले भन्नुभयो, ‘अब कति घट्छ भन्ने भोलि थाहा हुन्छ । भोलि (मंगलवार) १०ः३० बजे गाल्ने काम हुने छ ।’