काठमाडौं, साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधव नेपालप्रति कठोर टिप्पणी गर्नुभएको छ ।
एमाले पार्टी स्कूल बिभागको आयोजना र बागमित प्रदेश प्रशिक्षण बिभागको ब्यवस्थापनमा आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रचण्ड र माधव दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्न र दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको घटना स्मरण गर्नुभयो ।

‘हामीलाई पनि झोले भन्छन । तर, तिनीहरु नै खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन । त्यसलाई भन्छन झोले,’ ओलीले भन्नुभयो, ‘नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुँ । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।’
अध्यक्ष ओलीले पुस ५ गते प्रतिनिधिसभा बिघटनको कदम राजनीतिक रहेको र त्यो काम सही भएको बताउनु भयो । त्यसबेला संसद बिघटन नगरी नहुने भएर नै गरिएको उहाँले बताउनु भयो । त्यसबेला एमालेलाई ध्वस्त पार्ने षडयन्त्र भएको कारण रक्षाका लागि संसद बिघटन गरिएको ओलीले प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्