जनता टाइम्स

३२ श्रावण २०८०, बिहीबार १४:१२

नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा सरोज यादव


महोत्तरी, साउन ३२। नेकपा एमाले निकट उद्योगी ब्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेस प्रदेशको प्रथम अधिवेशन बर्दिबासमा सम्पन्न भएको छ ।

नेकपा एमाले मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा सरोज यादवलाई चयन गरेको छ ।अधिवेशनले विन्देश्वर महत र हरिकला देवकोटालाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने सचिवमा अरुण यादव निर्वाचित हुनुभएको छ ।

सहसचिवमा कुमार पोखरेल, पूर्णवीर थापा, हेमकुमारी काफ्ले र राजन महासेठ निर्वाचित हुनुभएको छ । अधिवेशनबाट भोजराज भट्टराई कोषाध्यक्ष र अविनाश शाह सह कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।