काठमाडौं, साउन ३२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बिवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले एकलौटी निर्णय गरेको भन्दै सुरु भएको बिवाद चरम सीमामा पुगेपछि संसदीय दलको नेताबाट हटाउने चलखेल सुरु भएको छ ।
अध्यक्ष लिङदेनसँग राप्रपाका बरिष्ठ नेताहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दनिकट नेताहरू असन्तुष्ट हुनुहुन्छ । यहीकारण उहाँहरु निकट सांसदहरुले संसदीय दलको नेता फेर्ने प्रयास अघि बढाएका छन । राप्रपा अध्यक्ष लिङ्देनले संसद र पार्टी सञ्चालनमा अपरिपक्वता देखिएको र विधानविपरीत निर्णय गरेको आरोप इतर नेताहरुको छ ।
स्रोतका अनुसार राणा, चन्द र लोहनीको समूहमा ७ जना सांसद खुलिसकेका छन् । राणासहित धवलशमेशर राणा, दीपक सिंह, रोशन कार्की, दीपक बोहोरा, धुव्रबहादुर प्रधानलगायतका हुनुहुन्छ । सांसद विक्रम पाण्डे र बुद्धिमान तामाङ पनि सो समुहसँग संवादमा रहनुभएको छ ।
सोही आरोपपछि लिङ्देनको विपक्षमा रहेको समूह आन्तरिक छलफलमा जुटेको छ । यही प्रयाश स्वरुप गत शनिबार चन्द निवास भक्तपुरमा नेताहरूबीच लिङ्देनको विकल्प खोज्नेबारे छलफल भएको थियो । चन्द निवासको सो बैठकपछि अध्यक्ष लिङदने झस्किनु भएको छ । सो बैठकपछि लिङ्देन निरन्तर भेटघाटमा लागेका उहाँ निकट नेताहरुले बताएका छन ।
उहाँले चन्दसँगसमेत भेट गरिसकेको स्रोतको भनाई छ । भेटमा चन्दले पार्टी विधानविपरीत चलेको र पार्टीका नेताहरूको अपमान गरेको फेहरिस्त नै सुनाउनु भएको छ । अध्यक्ष लिङ्देनले नेता चन्दलाई पटक–पटक अपमान गर्नुभएको छ । उक्त घटना पनि चन्दले भेटमा लिङ्देनलाई सुनाउनु भएको थियो ।
लिङदेनले भने आफूले पार्टी सञ्चालनमा गल्ती नगरेको र गल्ती भए माफी माग्ने आशय राख्नुभएको थियो । त्यसो त राप्रपाको स्थापना दिवसमा चन्दलाई अध्यक्ष लिङ्देनले निम्ता नै नगरेको पनि राप्रपाभित्र चर्चाको विषय बनेको छ । राप्रपाको स्थापना दिवस १५ जेठमा हो । लगातार दुई वर्ष नै राप्रपाका संस्थापक अध्यक्ष चन्दलाई लिङ्देनले औपचारिकताका लागि पनि नबोलाएको आरोप लागेको छ ।
कमल थापा हराउन लिङदेनलाई साथ दिनुभएका चन्द, राणा र लोहनीसहितको शीर्ष नेताहरु अहिले लिङ्देनको बिपक्षमा उभिएपछि राप्रपाभित्रको बिवाद सहतमा आएको हो ।













प्रतिक्रिया दिनुहोस्