जनता टाइम्स

३ भाद्र २०८०, आईतवार १८:५७

इंग्ल्यान्डलाई पराजित गर्दै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि


काठमाडौं, ३ भदौ । इंग्ल्याण्डलाई १–० ले पराजित गर्दै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि उचालेको छ । पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

खेलको १६औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो । १७औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाएकी थिइन् । स्पेनले खेलको ६९औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाइन् । यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ ।