जनता टाइम्स

४ भाद्र २०८०, सोमबार १३:१०

नागपञ्चमी : यसरी गरियो नागपोखरीमा नागको पूजा (फोटोफिचर)


काठमाडौं, ४ भदौ । नागपञ्चमीका अवसरमा सोमबार देशभर नागको पूजाआज गरिएको छ । यसैक्रममा काठमाडौं उपत्यकामा रहेका नागपोखरी तथा नागथानमा पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । नागलाई दूध र जलले विशेष पूजा गरिएको छ ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रूपमा नागको विशेष परम्पराअनुसार पूजाअर्चना गरिन्छ ।

यो दिन नागको विशेष पूजा गरी घरको मुल ढोकामा नागको तस्बिर टासिन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।