बिराटनगर, भदौ ४ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुलुकको व्यवस्था नै असफल पार्ने ठूलोषडयन्त्र भइरहेको बताउनु भएको छ ।
नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा तथा प्रचार कार्यशालालाई सम्बोधन गर्दै नेता कार्कीले वर्तमानगठबन्धन सरकारको षडयन्त्र नेकपा एमालेका विरुद्धमा र खासखास नेताका विरुद्धमा मात्र नभएर नेपालको सार्वभौम सत्ताको विरुद्धमाप्रयोग भइरहेको अनुभूति गरेको कार्कीले बताउनु भयो ।
उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै कार्कीले भन्नुभयो, ‘यस कुरामा हामी कति सिरियस छौं, कति, कस्तो योजना बनाएर अघिबढ्छौं, त्यो नेकपा एमालेमा निर्भर रहन्छ– मुलुकको सार्वभौम सत्ता लम्बिने दह्रो हुने, बलियो हुने मुलुकको राष्ट्रियता बलियो हुने कुरानेकपा एमालेका तमाम नेता कार्यकर्ताको हातमा नै अन्तरनिहीत छ भन्ने मेरो बुझाइ रहेको छ ।’
नेता कार्कीले करिब दुईतीन महिनामा एमालेविरुद्ध योजनावद्द षडयन्त्र भइरहेको तथ्य पनि राख्नु भयो । ‘एमालेसहितको गठबन्धनतोडियो, तोडिएको भोलिपल्टदेखि सुरु भएको सबै प्रचारका तौरतरिका, गतिविधि र विषयलाई हेर्नुभयो भने नेकपा एमालेका विरुद्धलक्षित नभएका कुनै पनि प्रचार छैनन्,’ नेता कार्कीले भन्नुभयो, ‘चाहे नक्कली भुटानी शरणार्थीका कुरा गर्नुस्, चाहे पशुपतिमा प्रयोगभएको जलाहारीको कुरा गर्नुस्, चाहे ललिता निवासको कुरा गर्नुस्, चाहे अरु उठाउँदै गरिएका विषयवस्तु हेर्नु भयो भने, नेकपा एमालेकाविरुद्धमा केन्द्रित गर्न खोजिएको छ ।

नेता कार्कीले एमाले अध्यक्ष केपी ओलीविरुद्ध योजना बनाएर नै देशी विदेशी प्रतिक्रियावादी लागिरहेको तथ्य पनि खोल्नुभयो ।
नेता कार्कीले उठाइएका सबै कुरामा पार्टीका अध्यक्षलाई जोड्ने र केही नेताहरुलाई जोड्ने र प्रहार गर्ने काम भइरहेको बताउनु भयो ।
उहाँले कुनै तुक नभएका विषयमा, असम्बन्धित विषयमा पनि जोड्ने काम भइरहेको बताउनु भयो । ‘हाम्रै पार्टीका कतिपय क्याडरहरुकाटिप्पणी हेर्छौं, हामी नै पो दोषी हौं कि भन्ने कुरा पनि कतिपय साथीहरुका टिप्पणीबाट देखिएको छ,’ कार्कीले भन्नुभयो, ‘हामीले त्यसकुरामा विशेष ध्यानदिनुपर्छ । यसको मतलब हाम्रामा भएका खराबी, खराब मान्छे, चरित्र र पात्रलाई पूजा गर्नुपर्छ, राख्नुपर्छ, जोगाउनुपर्छ भन्ने होइन । म त्यो मान्यता पनि राख्दिनँ ।’
कार्कीले पार्टीभित्र समेत आलोचना निर्ममतापूर्वक राख्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘तर भएका विषयमा मात्रै । नभएका विषयमाहोइन ।’

पार्टी अध्यक्ष केपी ओलीलाई गठबन्धनको सरकारले सुन बोकेर हिंडेको आरोप लगाएको नेता कार्कीले बताउनु भयो । एमालेकाकतिपय मान्छे पनि त्यही कुरालाई पत्याएर टिप्पणी गर्ने गरेको विषय आफूलाई अनुभूति भएको नेता कार्कीको भनाइ छ ।
‘सरकारले पशुपतिमा जलाहारी राख्न दियो, प्रधानमन्त्रीको निर्देशन भयो होला, पर्यटन मन्त्रालयले त्यो काम गर्यो होला । त्यहाँ पशुपतिविकास कोष अर्को स्वायत्त संस्था छ । त्यसले ठीक ढंगले राख्यो कि राखेन उसलाई जिम्मेवारी दिएको हो । त्यसले पूरै तौल राख्यो किराखेन, त्यसले कहाँकहाँ दुरुपयोग गर्यो, त्यहाँ हान्नुपर्ने होइन ? केपी ओलीले सुन बोकेर हिंडे, चोरे भन्ने कुरालाई केपीका पहेंलपुरतस्बिरमा हामीले पत्याइरहेको जस्तो पनि अनुभूति हुने,’ कार्कीले भन्नुभयो ।
गठबन्धन सरकारले एमालेविरुद्ध अरु पनि धेरै कुराहरु अफवाह फैलाइरहेको पनि कार्कीको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्