जनता टाइम्स

४ भाद्र २०८०, सोमबार २०:३६

सल्यानमा गाडी दुर्घटना अपडेट, दुई जनाको मृत्यु


सल्यान, ४ भदौ । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका–२ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका–११ का ६० वर्षीय कमारो कामी रहेका छन् ।

दुवै जनाको दाङ तुल्सिपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

रुकुम पश्चिमको नुवाकोटबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको गाडी सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ आगरखोलामा दुर्घटना भएको थियो । गाडी‌ सडकबाट दुई सय‌ मिटर‌ तल खसेको र अन्य १३ घाइतेको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।