काठमाडौं, भदौ १५ । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ बढाएको छ ।
नेपाल आयल निगमले आजबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले भाउ बढाएको हो ।
योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ १ सय ८२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ ।
यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर २ सय ३५ रुपैयाँले बढाइएको छ । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ पर्नेछ ।
सरकारले उपभोक्तामाथि चर्काे मुल्य थोपरेर नेपाल आयल निगमको नाफा देखाउन यसरी ठूलो मात्रामा मुल्य बढाएको हो ।













प्रतिक्रिया दिनुहोस्