जनता टाइम्स

१६ भाद्र २०८०, शनिबार १८:०६

प्रधानमन्त्रीलाई अब सरकार टिक्दैन भन्ने लागिसकेकोले एमालेविरुद्ध अनर्गल बोल्न थाले : केपी ओली


रुपन्देही, भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अव सरकार टिक्दैन भन्ने लागिसकेकोले अनर्गत प्रचार गर्न थालेको बताउनु भएको छ ।  एमाले प्रदेश अधिवेशन उदघाटन समारोहलाई बुटवलमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेकोले एमालेविरुद्ध अनर्गल बोल्न थालेको बताउनु भयो । प्रचण्डले जनता सरकारमा उतार्ने रे ? केका लागि ? सरकार सडकमा उत्रने एमालेको विरुद्ध जाने रे ! अवस्था यस्तो छ । तर यो हाम्रो लागि अवसर हो । गठबन्धनसँग कुनै काम गर्ने भिजन छैन, कि गर्दैनन,’ ओलीको भनाई थियो ।

उहाँले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताउनु भयो । ‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ १९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुपर्यो ?’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवाद भएर नभई आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताउनु भयो ।

‘तपाईहरू बस्नुस, कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस । यो पार्टीको क्लियर कुरा हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईहरूले आज बसेर सहमति गर्नुस, म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।’

अध्यक्ष ओलीले नेकपा एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको तथ्य पनि राख्नुभयो । ‘प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न अधिवेशन गरिएको होइन, एमालेले कर्मकाण्डका लागि होइन, आवधिक रूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको छ । अरू पार्टीजस्तो जसरी पनि सरकार टिकाउन बनेको पार्टी होइन । सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी हो । चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म पुग्ने गरी बनेको पार्टी होइन, यसमा आम एमालेका कार्यकर्ताले सबैलाई जवाफ दिनुपर्छ,’ उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले पार्टीको लडाई सधैँ प्रतिक्रियावादी, विकास र सम्बृद्धिका विरोधीसँग हुने भन्दै पार्टीभित्र आपसी एकता कायम राख्न सवैलाई आग्रह गर्नुभयो । उहाँले नेकपा एकीकृत समाजवादी र माओवादीलाई वामपन्थी खोल ओढेका दक्षिणपन्थी भएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘वामपन्थी खोल ओढेकाहरू दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेका हुन्, तिनै शक्तिहरू राष्ट्रवादी भन्दै हिंड्दैछन् । माओवादीसँगको एकता कम्युनिष्ट शक्ति बलियो बनाउन गरिएको भएपनि कुण्ठित मनसाय राखेकाहरूबाट पार्टी कब्जा गर्ने गलत मनसाय भएर समस्या आएको हो ।’

उहाँले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको बताउनु भयो । ‘रोप्ने बबुलको रुख, खोज्ने स्याउ, बनाउने सरकार अनि खोज्ने विकास, यस्तो । हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन,’ ओलीले भन्नुभयो । उहाँले प्रधानमन्त्री र बर्तमान सरकार झुटको साहारामा टिकेको र केही काम नगरेको बताउनु भयो ।

‘सरकार झुटमा अडेको छ, बंगलादेश जाने बाटो पहिले नेपालले पाएका हौँ, अनर्गल प्रचार हो, कुन बाटोका लागि जमिन दिने ? पैतृक सम्पत्ति हो र जमिन दिने ? प्रचण्डलाई अरूलाई दिने अधिकार छैन, यस्ता त प्रधानमन्त्री छन । इपिजीको कुरा किन नगरेको भन्दा रिसाउँछन भनेर जवाफ दिए । गेरुवस्तु धारणम् मुर्रा भैसी ताननम,’ ओलीले थप्नुभयो, ‘राष्ट्रिय स्वाभिमानमा हामी तलमाथि हुन दिँदैनौ, पुर्खाले हामीलाई राखेका हुन, हामी कहिले पराधीन भएनौँ, यसमा कोहीसँग अधिकार छैन । उपनिवेश नसहेको विश्वको १९ वटा देशमध्ये नेपाल हो ।’

उहाँले सरकार भ्रष्टाचारमा लिप्त रहेको तर भाषण उल्टो गर्ने गरेको तथ्य पनि राख्नुभयो । ‘भ्रष्टाचारतिरको मेरो अभियान रोकिन्न भने हुन्छ, विरुद्ध हटाए हुन्छ ? सरकारमा भएका व्यक्तिहरू, उनीहरूका आसेपासे जोडिएका घटना सबै गुपचुप बनाइँदैछ अनि उनीहरूले एमाले र एमालेका नेताहरू जोडिएका विषय कुनै चर्चाका लागि ल्याइने भन्दै हामीले खुलारुपमा सबैभन्दा पहिले ती पहिले छानबिन गर्न चुनौती दिएका छौँ तर उनीहरू त्यो छानबिन गर्दैनन र हल्ला गर्दैनन, कारण यसमा एमालेको दोष नभेटिने भएपछि डराएको हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।