जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १३:०६

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ


तनहुँ, १७ भदौ । भिमाद नगरपालिका–२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत सातजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।