काठमाडौं, भदौ १७ । एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ।
सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेलटर्मिनल९एइक्० मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउने छन्।
यो अफर सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ। एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।













प्रतिक्रिया दिनुहोस्