जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १९:०५

कर्णाली नदीमा डुङ्गा पल्टियो, एक जना बेपत्ता


दैलेख, १७ भदौ । दैलेखमा कर्णाली नदी तर्ने क्रममा मानव सवार डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन्।

डुङ्गा पल्टिँदा चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही नदीमा खसेर बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

आठबीस नगरपालिका–१ रामघाट नजिकबाट अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान पुग्न नदी तर्न चढेको डुङ्गा पल्टिँदा डुङ्गामा सवार शाही बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।