जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार ०९:२२

विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्यु


धनगढी, १९ भदौ । जङ्गली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर धनगढीकी एक महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो ।

जङ्गली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।