जनता टाइम्स

२० भाद्र २०८०, बुधबार ११:३०

सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश, असोज १० मा एजीएम


काठमाडौ, २० भदौ । सनराइज क्यापिटलको साधारण सभा असोज १० गते हुने भएको छ । सभामा सनराइजले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।