जनता टाइम्स

२० भाद्र २०८०, बुधबार ११:३३

यसकारण घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार ?


काठमाडौ, २० भदौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो ।

यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ । हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।