जनता टाइम्स

२० भाद्र २०८०, बुधबार १६:०५

एसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत


काठमाडौं, २० भदौ । एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ । आज दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली स्वदेश आइपुगेको हो । भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएका नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले दुईवटा खेलेको थियो ।

दुईवटै खेलमा पराजित भए पनि नेपाली टिमको प्रशंसा भएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको गरेको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।