काठमाडौं, २० भदौ । सिराहाको दक्षिणी सीमावर्ती बजार माडरको बसपार्कमा एक भारतीय नागरिकको शव फेला परेको छ । सिराहा नगरपालिका–१७ मा रहेको माडर बसपार्कमा भारत बिहार राज्यको बेगुसराय जिल्ला तेगरा–११ घर भएका करिब ३५ वर्षीय मो. अकबरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो ।
आज दिउँसो बसपार्कमा फेला परेको शवसँगै भेटिएको भारतीय आधारकार्डको आधारमा उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो । घटनास्थलको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल सिराहामा राखिएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्