जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १२:५०

सुनको मूल्य घट्यो, यस्तो छ आज प्रतितोलाको भाउ


काठमाडौं, भदौ २१ । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सूचचाँदी ब्यवसायी संघका अनुसार आज बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक लाख १२ हजार तोकिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०ले घटेर एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ।