काठमाडौं, २१ भदौ। १४ पटकसम्म पेशी तोकिए पनि सुनुवाई हुन नसकेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा जििल्ला अदालत काठमाडौंमा बिहीबार भने फैसला बहस सुरू भएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस प्रारम्भ गरिएको हो ।
सरकारी वकिल सुरवीर परियारले बहस सिध्याउनुभएको छ भने भने वादीपक्षका अन्य वकिलहरुले बहस गरिरहनुभएको छ । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ । आज दुवै पक्षको बहस सकिने सम्भावना न्यून छ । यदि न्यायाधीशले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिनु हुनेछ । उहाँले नै फैसला सुनाउनु हुनेछ ।
फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने अदालतको इजलासमा उपस्थित छन् । यस्तै जाहेरीकर्ता गौशाला २६ पनि इजलासमै संगै रहेको स्रोतले बतायो । बन्द इजलासमा बहस भइरहेकाले असम्बन्धित व्यक्तिहरुलाई प्रवेश दिइएको छैन ।













प्रतिक्रिया दिनुहोस्