काठमाडौं, २१ भदौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । कम्पनीले ७५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।
सोहि शेयर आज सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आए पछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छ । आज भदौ २१ गतेको तथ्यांक अनुसार कम्पनीको अन्तिम कारोबार मूल्य १२८ रुपैयाँ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्