जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार १२:५४

नेपाल औषधि व्यवसायी संघको अध्यक्ष पदमा प्रकाशकुमार खण्डेलवाल बिजयी


काठमाडौं, २४ भदौ । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्ष पदमा प्रकाशकुमार खण्डेलवाल बिजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिस्पधी लोकहरि श्रेष्ठलाई १७ मतले पछि पार्दै खण्डेलवाल बिजयी हुनुभएको हो । हिजो सम्पन्न निर्वाचनमा १९५ जनाले मतदान गरेपछि खण्डेलवालको पक्षमा १०४ मत आएको थियो । उता प्रतिस्पर्धि उँदा श्रेष्ठले ८७ मत मात्रै पाउनुभयो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल १४१ मतका साथ बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत मात्रै प्राप्त गर्नुभयो । यस्तै तीन उपाध्यक्षमध्ये थोक तर्फ टंकप्रसाद अधिकारी १३३ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ५६ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै खुद्रा उपाध्यक्ष तर्फ यमनाथ पौडेलले १०७ मत ल्याएर बिजयी हुनुभयो भने प्रतिस्पर्धी हरिप्रसाद बिडारीले ८१ मतसहित पराजित हुनुभयो । यस्तै आयात तर्फ उपाध्यक्षमा रामचन्द्र शर्मा १११ मतका साथ बिजयी हुनुभयो । प्रतिस्पर्धी शेखर श्रेष्ठले ७३ मत मात्रै प्राप्त गर्नुभयो । महासचिव पदमा श्रीधर खनाल ९७ मत ल्याएर बिजयी हुनुभएको छ भने प्रतिस्पर्धी प्रशान्त मानन्धरको भने ९० मत ल्याउनुभयो ।

कोषाध्यक्षमा सम्राट जोशी ९८ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजेशकुमार प्रधानले ८९ भोट ल्याएर उपविजेतामै खुम्चिनुभयो । सचिव पदमा कृष्णबहादुर रोकायले १०७ मत ल्याएर बिजयी हुनुभयो भने प्रतिस्पर्धी श्रृजन भट्टराईले ८३ मत मात्रै प्राप्त गर्नुभयो । संघको ५० औँ स्थापना दिवसका साथ स्वर्ण महोत्सव मनाएको एनसीडीएले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छान्न शुक्रबारदेखि वीरगञ्जमा १४ औँ राष्ट्रिय अधिवेशनको आयोजना गरेको थियो ।