जनता टाइम्स

२५ भाद्र २०८०, सोमबार १२:१९

सुनको मूल्य बढ्यो, चाँदीको कति ?


काठमाडौ, २५ भदौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।