काठमाडौं, भदौ २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका किचन क्याबिनेटका सदस्यले नै मन्त्री बनाउन ३ करोड मागेको खुलासा भएको छ ।
रास्वपाका पदमुक्त सांसद तथा नेता ढाकाकुमार श्रेष्ठले एक टेलिभिजन अन्तवार्तामा रविका प्रिय पात्र अमेरिकाको बाल्टिमोरमा बस्दै आएका महोनजंग थापाले मन्त्री बन्नका लागि ३ करोड मागेको खुलासा गर्नुभएको हो । मनोज र रवि अमेरिकामा संगै बसेका सहकर्मी हुन ।
बाल्टिमोरमा रहेका थापा रविले पार्टी खोलेलगत्तै नेपाल आउनु भएको थियो । थापाले लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा समेत सरुवा बढुवाका लागि भनेर रकम मागेको तथ्य उजागर भएको थियो । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले यो तथ्य बाहिर ल्याएपछि श्रेष्ठलाई रास्वपाले कार्वाही गरी सांसदबाटै पदमुक्त गरेको थियो ।

अन्तवार्ताको क्रममा श्रेष्ठले थापाको समुहले सामाखुसीको एउटा कफी फसलमा आफूसँग मन्त्रीका लागि ३ करोड मागेको र अन्तिममा साढे २ करोडमा कुरा मिलेको खुलासा पनि गर्नुभएको छ । सो रकम मागेपछि थापाले आफूलाई मन्त्री कन्फर्म गरेको पनि श्रेष्ठले बताउनु भयो । थापाले रवि लामिछानेको पारिवारिक सदस्य भन्दै आउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्