जनता टाइम्स

२६ भाद्र २०८०, मंगलवार १२:५६

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


काठमाडौ, २६ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ । १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।