जनता टाइम्स

२७ भाद्र २०८०, बुधबार १२:४८

सुनचाँदीको मूल्यमा उच्च गिरावट


काठमाडौ, २७ भदौ । आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर १ लाख ११ हजार २ सय रुपैयाँमा झरेको छ ।

यसैगरी १ लाख ११ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १० हजार ६ सय ५० रुपैयाँ पर्ने भएको छ । यता, चाँदीको भाउसमेत आज प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ पर्नेछ ।