जनता टाइम्स

२८ भाद्र २०८०, बिहीबार १९:१४

डाक्टर कुटपिटमा संलग्न चार जना पक्राउ


काठमाडौं, २८ भदौ । हेटौंडामा डाक्टरमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान र अनुप प्रधानलाई बिहीबार पक्राउ गरिएको जनाएको छ ।

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।

डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । पीडितले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। रितपूर्वक जाहेरी परेपछि कानूनअनुसार थप कारबाही अगाडि बढाइने डीएसपी भण्डारीले बताउनुभयो ।