रामेछाप, ३० भदौ । नेकपा एमाले निकट अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई निर्विरोध चयन हुनुभएको छ । आज मन्थलीमा सम्पन्न अनेरास्ववियुको १३ औं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा निशान श्रेष्ठ, रिया मगर र गोपाल थोकर चयन हुनुभएको छ भने सचिवमा युवराज सुनुवार चयन हुनुभएको छ ।
त्यस्तै सहसचिवमा मुकेश भण्डारी, किरण कार्की र सुशील थापा चयन भएका छन् भने कोषाध्यक्षमा प्रकाश गौतम निर्विरोध हुनुभएको छ । कार्यालय सचिवमा विक्रम खड्का चयन हुनुभएको स्थायी कमिटी सदस्य सागरहरी अधिकारीले जानकारी दिनुभययो । अनेरास्ववियुले जिल्ला सम्मेलनअघि अखिल महोत्सव समेत आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्