कैलाली, ३१ भदौ । नेकपा माओवादी केन्द्र निकट वाइसीएल बैतडीका अध्यक्ष नवीन बोहरा ‘निर्माण’ एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले हिजो बोहरालाई पार्टीमा स्वागत गर्नुभएको हो ।
अत्तरियास्थित भट्टको निवासमा एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले पनि निर्माणलाई पार्टीमा स्वागत गर्नुभएको हो । बोहरा पार्टी प्रवेश गर्दा एमाले अझै बलियो भएको पार्टी प्रदेश अध्यक्ष भण्डारीले बताउनुभयो ।
एउटा प्रतिनिधिसभा क्षेत्र रहेको बैतडीबाट एमालेका भण्डारी निर्वाचित हुनुभएको थियो भने एउटा प्रदेश सभामा पनि एमालेका सुरेन्द्र पाल निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्