काठमाडौ, ३१ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।













प्रतिक्रिया दिनुहोस्