पोखरा, असोज २ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सबैलाई मिलाउन सक्ने सुबास नेम्वाङको खुबीका कारण नै संविधान जारी गर्न संभव भएको बताउनु भएको छ ।
एमाले गण्डकी प्रदेश कमिटीले आज आयोजना गरेको ‘नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ’ बिषयक बिचार गोष्ठीमा बोल्दै उपाध्यक्ष शाक्यले यस्तो बताउनु भएको हो ।
‘सुबास नेम्वाङसँग सबैलाई मिलाउन सक्ने खुबी थियो, उहाँको त्यही खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको हो,’ शाक्यले भन्नुभयो, ‘उहाँको प्रभाबशाली र शालिन शैली सबैका लागि अनुकरणीय छ ।’
एमाले सचिब तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले संविधानसभाको असहमतिका दर्जनौं बुदालाई सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने खुवी सुबास नेम्बाङ भएको उल्लेख गर्नुभयो ।
पार्टीभित्रका र अन्तर पार्टीका द्वन्द्वलाई सोच बिचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलीकै कारण संविधान संभब भएको बिष्टको भनाई थियो । एमालेबाट सभामुख र संबिधानसभा अध्यक्ष भए पनि संसदीय मर्यादा र शैलीलाई सुवासले कहिल्यै नकुल्चेको भन्दै बिष्टले इतिहासमा गौरव गर्न लायक नेता भएको उल्लेख गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्वाङ नेपाली राजनितीको समाधान भएको भन्दै भद्र, मिजासिलो नेता भएको उल्लेख गर्नुभयो । गुरुङले सार्थक र कुशल बहसमार्फत प्रभाबकारी नेतृत्व प्रदान गर्ने ब्यक्ति नेम्वाङ भएको भन्दै उहाँको नेतृत्व नभएको भए संविधान जारी नहुने ठोकुवा गर्नुभयो।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अदितीय क्षमता नेम्वाङसंग भएको उल्लेख गर्नुभयो । अधिकारीले सूक्ष्म ब्यबस्थापकीय कौशल भएका नेम्वाङका कारण नै संविधान संभब भएको बताउनु भयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश सरकारका कृषी मन्त्री महेन्द्रध्वज जिसि, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य राजकाजी गुरुङ लगायतले नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङको योगदान अतुलनीय रहेको बताउनु भयो ।एमाले गण्डकी प्रदेस कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्