जनता टाइम्स

३ आश्विन २०८०, बुधबार १४:२७

एमाले सचेतक महेश बर्तौलाले जनाए शिक्षकहरुको आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता


काठमाडौं, असोज ३ । नेकपा एमालेका नेकपा एमालेका सचेतक महेश बर्ताैलाले शिक्षकहरुको आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउनु भएको छ ।

बर्ताैलाले आज आफ्नो धारणा सार्वजनिक गर्दै संसदमा दर्ता भएको शिक्षा बिद्येयक बिरुद्ध शिक्षकले गरेको आन्दोलनपति ऐक्यवद्धता र समर्थन जनाउनु भएको हो ।

‘संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलनमार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वस्नियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिन्छ । एउटा सांसद हुँदाको नाताले बिधयेक भित्र बसेर उपयुुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भुमिका निर्वाह गर्ने विषय त बाकी छदैछ तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई बिधयेकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागी सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ भन्ने माग पनि गर्न चाहन्छु,’ बर्ताैलाले भन्नुभएको छ ।

उहाँले शिक्षकहरुले उठाएको संविधानसँग जोडिएका कतिपय बिसयबस्तुहरुले भने थप छलफल र बहसको आवश्यकता महशुस गरेको भन्दै निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुबिधाको व्यवस्था हुनुपर्ने कुरामा समथृन जनाउनु भएको हो ।

यस्तै बर्ताैलाले शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई बर्षमा कम्तिमा एक पटक शैक्षिक अवलोकन भ्रमणको ब्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरुलाई अध्ययन बिदाको सुबिधा हुनुपर्ने, शिक्षकहरुलाई सरकारी मर्यादाक्रममा समाबेश गरिनुपर्ने, शिक्षकहरुको लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्ने, शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमशः स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीयलाई अधिकृत र माध्यमिक तृतीय लाई उपसचिव समान सेवा सुबिधा हुनुपर्ने मागमा पनि सहमति जनाउनु भएको छ ।

बर्ताैलाको बिचार जस्ताको तस्तै

‘शिक्षकहरुको आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता’
संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वस्नियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिन्छ। एउटा सांसद हुँदाको नाताले बिधयेक भित्र बसेर उपयुुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भुमिका निर्वाह गर्ने विषय त बाकी छदैछ तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई बिधयेकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागी सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ भन्ने माग पनि गर्न चाहन्छु ।

उहाँहरुले उठाउनुभएको संविधानसँग जोडिएका कतिपय बिसयबस्तुहरुले भने थप छलफल र बहसको आवस्यकता महशुस गरेको छ तर निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुबिधाको व्यवस्था हुनुपर्ने , शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई बर्षमा कम्तिमा एक पटक शैक्षिक अवलोकन भ्रमणको ब्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरुलाई अध्ययन बिदाको सुबिधा हुनुपर्ने, शिक्षकहरुलाई सरकारी मर्यादाक्रममा समाबेश गरिनुपर्ने , शिक्षकहरुको लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्ने , शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमशः स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीय लाई अधिकृत र माध्यमिक तृतीय लाई उपसचिव समान सेवा सुबिधा हुनुपर्ने, स्थायी शिक्षकलाई नियमित रूपमा तह /श्रेणी बढुवाको सुनिश्चितता गरिनुपर्ने, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाको लागि प्रत्येक तह र श्रेणीमा ५ वर्षे सेवा अवधी तोक्नु पर्ने , विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई कम्तीमा १ पटकको लागि खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी हुने अवसर प्रदान गर्नुपर्ने र उपदानको व्यवस्था हुनुपर्ने लगायतका नेपाल शिक्षक महासंघको मागहरू उपयुक्त ,जायज र न्याय संगत छन्।

यी मागहरूले शिक्षकहरुको मात्रै हित गर्दैन यसले त समग्र सार्वजनिक शिक्षा कै उज्यालो भविस्यका लागि नयाँ आयाम निर्माण गर्ने छ । त्यसैले नेपाल शिक्षक महासंघको आन्दोलन र उहाँ द्वारा उठाइएका मागहरु प्रति समर्थन त एक्यवद्धता रहेको छ । अत्यमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार प्रति पनि नेपाल शिक्षक महासंघले ध्यान पुर्याओस भन्ने आग्रह गर्दै बार्ता लाई तत्काल आरम्भ गरि समस्या समाधान गर्न समेत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।