जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १७:४४

मोटरसाइकलको ठक्करबाट रौतहटमा महिलाको मृत्यु


रौतहट, ४ असोज । मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कटहरिया–५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको प्रहरीको भनाइ छ । घटनाबारे थपअ नसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।