काठमाडौं, असोज ५ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री पार्वत गुरुङ शिक्षकहरुको आन्दोलनमा गएर ऐक्यवद्धता जनाउनु भएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनकारी शिक्षकसँग उपस्थित भएर गुरुङले ऐक्यबद्धता जनाउनु भएको छ ।
पूर्वमन्त्री गुरुङले माइतीघर मण्डलामा पुगेर दोलखाबाट आन्दालनमा गएका शिक्षकहरुलाई भेटघाट गर्नुको साथै आन्दोलनकारीको मूल व्यानर अगाडि केहीबेर धर्ना बस्नुभएको थियो । एमाले पोलिटव्युरो सदस्य समेत रहेका गुरुङ कार्यकर्ता र सहयोगीसहित माइतीघर पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्