जनता टाइम्स

६ आश्विन २०८०, शनिबार ०८:४३

अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसी निर्वाचित


दोलखा, असोज ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दोलखाको २१ औँ जिल्ला अधिवेशनले रामचन्द्र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा सुबोध पोखरेल, विजय मोक्तान र विपिन्द्र खतिवडा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा सुदीप पोखरेल तथा उपसचिवमा विष्णुराज गुरुङ, सुदीप जिरेल र प्रमीला दाहाल सर्वसम्मत हुनुभएको छ । यस्तै कोषाध्यक्षमा उमेश रोकाय र कार्यालय सचिव शंकर पाठक चुनिनु भएको छ । नयाँ कमिटी ५१ सदस्यीय रहेको छ ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रीय नेताहरू, जिल्ला पार्टीका नेताहरू, अनेरास्ववियुका केन्द्रीय नेता, छिमेकी जिल्लाका अध्यक्षहरू तथा जनवर्गिय संगठनका नेताहरू समेतको सहभागिता रहेको थियो ।