जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १४:१९

असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन


काठमाडौं, ६ असोज । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ । सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाउनुभएको थियो ।

असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका हुन् । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै आज काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् ।