जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १३:२६

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौ, ८ असोज । प्रि–ओपन सेसनमा नेप्से सूचक १।८५ विन्दुले बढेको छ । यससँगै सूचक २०१२.२१ अंकमा आएको छ ।

३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १ हजार १८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ९५ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।