काठमाडौं, असोज १३ । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्षसहित ३१ जना नेताले सो पार्टी परित्याग गरेका छन । नवलपुर जिल्लाका अध्यक्ष झबिलाल रानाको नेतृत्वमा चार पदाधिकारीसहित प्रदेश कमिटीका नेतासमेत ३१ जनाले आज पार्टी परित्याग गर्नुभएको हो ।
यसरी पार्टी परित्याग गर्नेमा जिल्ला कमिटीका उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, उपसचिव गोबिन्द सुनार रहनुभएको छ । जिल्ला अध्यक्ष रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एसमा नरहने घोषणा गर्नुभएको हो ।
पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई पटक–पटक ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको भन्दै राजीनामा दिइएको बिज्ञप्तीमा उल्लेख छ । गण्डकी प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कंडेल, रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्री सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवरलगायतका हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्