काठमाडौं, असोज १३ । भारत साफ यु-१९ फुटबल च्याम्पियनसिपको विजेता बनेको छ। शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-०ले पराजित गरेको हो।
पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेको थिएन। दोस्रो हाफमा भारतले तीन गोल गरेको हो। भारतका लागि माङ्गेलनथाङ किपजेनले ६४औं मिनेटमा पहिलो गोल गरेका थिए।
८५औं मिनेटमा दोस्रो गोल पनि उनैले गर्न सफल भए। अतिरिक्त समयमा भारतका लागि ग्वाग्मसार गोयरीले गोल गरेका हुन्। भारत योसँगै प्रतियोगिताको तेस्रो पटक च्याम्पियन बनेको छ। यसअघि गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा पनि भारतले नै जितेको थियो। सन् २०१९मा पनि भारत च्याम्पियन बनेको हो।
गत बुधबार भएको सेमिफाइनलमा भारतले नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै पाकिस्तानले पनि भुटानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।
प्रतिक्रिया दिनुहोस्