जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १४:१४

मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर लिलामीमा आउने


काठमाडौ, १५ असोज । मल्टीपर्पस फाइनान्स कम्पनीले बिक्री खुला गरेको ३५ प्रतिशत हकप्रद सेयर असोज १२ गते बाँडफाँट भएको छ । यस कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १४ लाख ३९ हजार २२७ कित्ताका लागि मात्र आवेदन परेको छ ।

यसआधारमा १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर मल्टीपर्पस फाइनान्सले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ १० देखि ३१ गतेसम्म १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।