दाङ, १५ असोज । डेंगु संक्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमणबाट रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो ।
डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उहाँको उपचारकै क्रममा आज मृत्यु भएको हो । डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्