काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले प्रति इकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न लागेको हो ।
उक्त ऋणपत्रमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
कुमारी बैंकले १० वर्ष अवधि भएको ‘केबीएलएम डिबेन्चर २०९०’ बिक्री गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज प्रदान हुनेछ । यस ऋणपत्रमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्