जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार २०:२८

यातायातमन्त्री महासेठको सार्वजनिक घोषणा : प्रधानमन्त्रीको लय र गतिमा मन्त्रीहरुले काम गर्न सकेनौं


काठमाडौं, भदौ २५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको लय र गतिमा आफूसहितका मन्त्रीहरुले काम गर्न नसकेको सार्वजनिक घोषणा गर्नुभएको छ । पूर्वाधार सम्मेलनमा आज आफ्नो मन्तव्य राख्ने क्रममा मन्त्री महासेठले सो घोषणा गर्नुभएको हो ।

‘अहिलेको उमेरमा पनि प्रधानमन्त्री १८ घण्टा काम गरिरहनु भएको छ। हामी उहाँसँग काम गर्न सकिरहेका छैनौं,’ यातायातमन्त्री महासेठको भनाई थियो । प्रधानमन्त्री ओलीले १८ घन्टासम्म काम गर्ने गरेको भन्दै उहाँले आफूहरुले सिनुपर्ने बताउनु भयो । मन्त्री महासेठले बर्तमान सरकार उद्योगी ब्यवसायीमैत्री रहेको तथ्य पनि राख्नुभयो । ‘यो सरकार उद्योग र व्यवसायमैत्री छ। तपाईंलाई कुनै अफ्ट्यारो हुँदैन,’ मन्त्री महासेठको भनाई थियो, ‘हामी सरकारमा आएको २ वर्ष भएको छैन। भारत, चीन होस् वा सिंगापुर ५ वर्षमा अहिलेको अवस्थामा पुगेको होइन ।’

अहिलेको उमेरमा पनि प्रधानमन्त्री १८ घण्टा काम गरिरहनु भएको छ। हामी उहाँसँग काम गर्न सकिरहेका छैनौं

सम्मेलनमा दोहोरो अंकको आर्थिक वृद्धि हुने गरी सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । आर्थिक विकासमा निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । ‘नेपाल सरकार र निजी क्षेत्र मिलेर अघि बढ्ने हो। हातेमालो गरेर अघि बढौँ। सम्पूर्ण लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आव्हान गर्छु,’ मन्त्री महासेठको भनाई थियो ।