काठमाडौं, असोज १७ । माछापुचच्छ्रे बैंक लि. २३औँ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ ।
२३ वर्ष अघि पोखरामा क्षेत्रीयस्तरको बैंकको रुपमा स्थापना भएको माछापुचच्छ्रे बैंक लि. ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आई पुग्दा व्यावसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।
स्थापना दिवसको अवसरमा बैंकले २३ वर्षको दौरानमा बैंकप्रति अनवरत रूपमा साथ सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावप्रति बैंक सदैव अनुगृहीत रहेको जनाएको छ । २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान प्रदान गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै माछापुचच्छ्रे बैंक लि का अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिनुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थपउत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासनको महत्व मनन गरी संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालूले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गर्नु भयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आईरहेको माछापुचच्छ्रे बैंक लि.ले आजको दिनसम्म आई पुग्दा आफुलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै माछापुच्छ्रे बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यास ब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु MBL M SMART, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ । उक्त अफर अन्तर्गत २ जना भाग्यशाली ले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन ।
साथै बैंकको १ जना ग्राहकले एमबिएलएम स्मार्टबाट Fonepay Merchant माफर्त बिल भुक्तानी गर्दा निशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरु आश्विन १५ देखि आश्विन ३० गते सम्मको लागि लागु रहने बैंकले जनाएको छ । बैंकका ग्राहकले Daraz मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३% सम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, NepalPay QR मार्फत भुक्तानी गर्र्दा २३% सम्मको क्यासब्याक २२३ रुपैयाँ, Citytech को ३ जना FINPOS Merchant ले प्रतिदिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, CG Digital तथा Celltron Nepal Pvt. Ltd. ले १ भाग्यशाली Merchant लाई CG टिभि र Celltron मार्फत ज्यलयच Honor phone पाउन सक्नेछन ।

यस्तै MOCO मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३% सम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैया ँपाईरहेका छन् । उक्त अफरहरु आश्विन ०१ गते देखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
२३ वर्षअघि क्षेत्रीयस्तरको बैंकको रुपमा स्थापना भएको बैंकलेयस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आपूmलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ । बैंकले २३ औँवार्षिकोत्सवको अवसरमा आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २३ वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गरेको छ ।













प्रतिक्रिया दिनुहोस्